बिहीबार, असार ३२, २०८३

 क्रिस्टल प्यालेससँग वाटफोर्ड विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड- इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले क्रिस्टल प्यालेसमाथि जित दर्ता गरेका छ। 

वाटफोर्डको घरेलु मैलानमा भएको खेलमा प्यालेस २–१ ले पराजित भएको हो। वाटफोर्डको जितका लागि रोबर्टो पेरेयरा र जोसे होलेबसले एक एक गोल गरे।

प्यालेसका लागि विलफ्राइड जाहाले एक गोल फर्काए पनि जितका लागी प्रयाप्त भएन । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलका तीनवटै गोल दोस्रो हाफमा भएका थिए। 

खेलको ५३ औं मिनेटमा वाटफोर्डका रोबर्टोले गोल गर्दै अग्रता दिलाएका थिए। उनले एटिन्नेकापोएको पासमा गोल गरेका थिए। त्यसपछि ७१ औं मिनेटमा जोसेले गोल गर्दै वाटफोर्डको अग्रता दोब्बर बनाए। तर, खेलको ७९ औं मिनेटम प्यालेसका जाहाले गोल गर्दै खेलमा फर्कीने प्रयास गरेका थिए। निकैनै प्रतिस्पर्धात्म बनेको खेलमा थप गोल हुन नसक्दा वाटफोर्डले प्यालेसमाथि २-१ को जित निकाल्न सफल भएको हो।

यो वाटफोर्डको लगातार तेस्रो जित हो। यसअघि ब्राइटनलाई २–० र बर्निललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यस जितसँगै वाटफोर्ड लिभरफुल पछि लिग तालिकाको दोस्रो स्थानमा छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।