काठमाडौं- संगितकार रन्जित गजमेरको पहिलो एल्बम कृति सार्वजनिक भएको छ।
म्यूजिक नेपालको प्रस्तुतीमा रहेको एल्बम कृतिमा समावेश गतिहरु आजदेखि बजारमा ल्याइएको हो।
कुशुम गजमेरको शब्द अनि नव गायिका आशा स्वरुपाको स्वर रहेको एल्बम कृतिमा पुरानै लोकभाकालाई सुन्न सकिन्छ । साथै चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको स्वरमा रहेका गीतहरु पनि यस एल्वममा समावेश छन्।
नहुने केहि छैन, सिमसिमे पानीमा, तिमी विना लगायतका गीतहरु यस एल्बममा समोवश छन्।
चालिसका दशकमा नेपाली चलचित्रमा एकछत्त राज गर्ने रन्जित गजमेर लामो समयपछि फेरि फर्केर आएका हुन् कृति मार्फत गजमेरले यस एल्बम मार्फत नेपाली गीत काव्य आकाशका ध्रुवतारा अगमसि।ह गिरीलाई पनि एउटा गीतमा आवद्ध गराइएको पाइन्छ।
रन्जित अनि कुशुमको जोडीलाई मायाको बाटो खोली दिने गीत सङ्गति उमारिदिने साङ्गीतिक जोडीका रुपमा लिने गरिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४