मंगलबार, जेठ ८, २०८१

करिम बेञ्जिमा, जसले असम्भवलाई सम्भव तुल्याउँछन्

रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएका बेञ्जिमा आफ्नो टिमलाई युरोप च्याम्पियन, ला लिगा र स्पेनिस सुपर कपमा जिताएपछि बालोन डी’ओरका एकल हकदार भएका छन्।
 |  बिहीबार, भदौ २, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, भदौ २, २०७९

काठमाडौं- फुटबल जगत्कै सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड हो, बालोन डी’ओर। फ्रेन्च फुटबल नामक म्यागजिनले आयोजना गर्ने र संसारभरका फुटबल पत्रकारले मनोनयन गरी हरेक वर्ष एक सर्वोत्कृष्ट खेलाडीलाई यो अवार्ड दिइन्छ। अहिले फुटबलमा यही विषयको चर्चा सुरु भइसकेको छ। कसले जित्ला बालोन डी’ओर? 

triton college

चर्चा यस कारण पनि कि बालोन डी’ओर जित्न ३० खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। तर मनोनयनमा पर्दैनन्, सर्वाधिक सात पटकका विजेता लियोनल मेस्सी। उनी सन् २००५ पछि पहिलो पटक मनोयनमा पर्न सकेनन्। फ्रान्सको पेरिसमा १७ अक्टोबरमा यो अवार्डको विजेता घोषणा हुँदै छ। 

सबैको मनमा खुल्दुली यही छ– कसले जित्ला अवार्ड?

पछिल्लो एक दशक यो अवार्ड मेस्सी र रोनाल्डोको वरिपरि मात्रै घुमिरह्यो। दुई वर्षअघि रियलका लुका मोड्रिचले जिते। यसर्थ यो रियल र बार्सिलोनाकै वरिपरि घुमिरह्यो। तर यी दुई खेलाडीबाट अवार्ड खोस्न रियल मड्रिडकै खेलाडी अगाडि आएको अनुमान लगाउन सकिन्छ। जित्ने हो÷होइन थाहा छैन तर बालोन डी’ओरको रेसमा करिम बेञ्जिमाको सामना कसले गर्ने?

यो वर्षको बालोन डी’ ओरका लागि फ्रान्सेली फर्वार्ड करिम बेन्जिमालाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। बेन्जिमा पहिलो पटक अवार्डको मुख्य दाबेदारी बने हिचकिचाउनुपर्ने अवस्था छैन। क्रिस्ट्यानो रोनाल्डोको छायामा परेका भनिएका बेञ्जिमाले धेरै वर्ष रियलमा बिताए। तर रोनाल्डोले रियल छाडेपछि भने उनको चर्चा विशेष प्रकारले चल्ने गरेको छ। 

corrent noodles
Metro Mart

स्टार खेलाडी मेस्सी पनि बेञ्जिमाले बालोन डी’ओर जित्नेमा विश्वस्त देखिन्छन्। टीवाईसी स्पोर्टस्सँग कुरा गर्दै मेस्सीले भनेका छन्, ‘कुनै शंका छैन। मलाई लाग्छ, यो वर्षको बालोन डी’ओर बेञ्जिमाले जित्नेछन्। स्पष्ट छ, बेञ्जिमाले राम्रो प्रदर्शन गरेर उपाधि जितेका छन्। उनले च्याम्पियन्स लिगमा आफ्नो प्रदर्शनलाई सुरुदेखि अन्तिमसम्मै उच्च राखे। यसले गर्दा लाग्छ, उनले यो अवार्ड जित्नेमा कुनै शंका छैन। च्याम्पियन्स लिगबाहेक उनले ला लिगामा पनि राम्रो गरेका छन्।’

रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएका बेञ्जिमा आफ्नो टिमलाई युरोप च्याम्पियन, ला लिगा र स्पेनिस सुपर कपमा जिताएपछि बालोन डी’ओरका एकल हकदार भएका छन्।

यो सिजन सुरु हुँदै तीन गोल गरिसकेका ३४ वर्षे फर्वार्डले पछिल्लो वर्ष ४६ खेलमा ४४ गोल र १५ असिस्ट गरे। उनका सबै गोल उत्तिकै महत्त्वपूर्ण रहे। यो नै एक मुख्य आधार हो, जसले गर्दा बेञ्जिमालाई सिजनको उत्कृष्ट स्ट्राइकरका रूपमा मान्न सकिन्छ। स्पेनिस ला लिगामा २७ गोल गर्दै उनले ला लिगाको गोल्डेन बुट जिते। साथै, युरोपियन च्याम्पियन्स लिगमा १५ गोल गर्दै त्यहाँ पनि उनी टप स्कोर बने।

च्याम्पियन्स लिगमा ठूला क्लबविरुद्ध बेञ्जिमाले कसरी नतिजा कायापलट गरे। त्यसले सबैलाई हैरान बनाएकै छ। केलियन एम्बाप्पे पनि बेञ्जिमाले नै बालोन डी’ओर जित्ने बताउँछन्। एक अन्तर्वार्तामा एम्बाप्पेले भनेका छन्, ‘रियल मड्रिडका मेरा सहकर्मी बेञ्जिमाले यस पटकको बालोन डी’ओर जित्नेछन्। ३४ वर्षे भएर पनि गत सिजनमा राम्रो गरे। यदि यस पटक बेञ्जिमाले बालोन डी’ओर जितेनन् भने म उनीमाथि विश्वास गर्न छाड्छु। म यसबारे कहिल्यै पनि सोच्ने छैन।’

बेञ्जिमाले रियललाई कैयौं पटक हारको मुखबाट बचाएका मात्र छैनन्, असम्भव जितलाई पनि सम्भव बनाएका छन्। यसमध्ये च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा पीएसजीविरुद्ध गरेको ह्याट्रिक पनि हो। त्यो खेलको पहिलो लेगमा रियल १–० ले पछि थियो। आक्रामक टिम पीएसजीविरुद्ध रियलले दोस्रो खेलमा जित्न नसक्ने अनुमान गरियो। त्यसमाथि खेल २–० मा पुग्यो। झनै गाह्रो भयो। किनभने, रियललाई जितका लागि तीन गोल आवश्यक थियो। बेञ्जिमाले अप्रत्यासित तीन गोल गर्दै टिमलाई क्वार्टरफाइनल पु¥याए।

उनको गति त्यत्तिमै सीमित भएन। रियललाई क्वार्टरफाइनल पु¥याएका बेञ्जिमाले त्यहाँ पनि जित निकाले। क्वार्टरफाइनलको पहिलो लेगमा उनले ब्याक–टु–ब्याक ह्याट्रिक गरे। रियलले चेल्सीविरुद्धको पहिलो लेग ३–१ ले जित्यो। दोस्रो लेगको खेलमा बेञ्जिमाले अतिरिक्त समयको अन्त्यमा हेडिङ गोल गर्दै टिमलाई सेमिफाइनल पु¥याउन विशेष भूमिका वहन गरे। दोस्रो लेगमा आफ्नो क्लब ३–२ ले पराजित भए पनि समग्रमा ५–४ जित निकाल्दै रियल सेमिफाइनल पुग्यो।

सेमिफाइनलमा रियलले प्रतिद्वन्द्वी पायो, म्यानचेस्टर सिटी। पहिलेजस्तै त्यो खेल पनि सहज थिएन। त्यो खेलमा गोलकिपर थियाउट कोट्वाको प्रदर्शन वाह भन्ने शैलीको रह्यो। तर रियलले पहिलो लेगमा जित निकालेन र ४–३ गोलले पराजित भयो। प्रिमियर लिगको दाबेदारसँग खेल्न सहज थिएन। विश्वकै उत्कृष्ट मानिएका प्रशिक्षक पेप ग्वार्डिओलाविरुद्ध टिम तयार गर्न कार्लो एन्सोलोटीलाई सहज थिएन।

प्रकाशित: Aug 18, 2022| 07:12 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।