शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कला ग्राहकको मन लोभ्याउँदै नवलपुरको उन्नति कल्चरल भिलेज

कला ग्राहकको मन लोभ्याउँदै नवलपुरको उन्नति कल्चरल भिलेज

बहुजाति र बहुभाषी नेपाल संस्कृतिमा निकै धनि छ। तर आधुनिकतासँगै नेपाली मौलिकता संकटमा पर्ने चिन्ता पनि उत्तिकै छ। संस्कृति हरेक समाजको सभ्यतासँग जोडिएको हुन्छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

नवलपुर- बहुजाति र बहुभाषी नेपाल संस्कृतिमा निकै धनि छ। तर आधुनिकतासँगै नेपाली मौलिकता संकटमा पर्ने चिन्ता पनि उत्तिकै छ। संस्कृति हरेक समाजको सभ्यतासँग जोडिएको हुन्छ। 

National life

नेपाली संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तालाई आफ्नो कला, संस्कृतिकाबारेमा जानकारी गराउने उद्देश्यले स्थापना गरिएको नवलपुरको हर्कपुरमा रहेको  ‘उन्नति कल्चरल भिलेज’ धेरैका लागि आकर्षणको केन्द्र बनेको छ। कल्चरल भिलेजको स्थापनाले स्थानीय कला, संस्कृति संरक्षणमा टेवा पुगेको छ। राष्ट्रको कला, संस्कृति, साहित्य, भेषभुषा, शिल्प, नाटक, संगितको प्रवद्र्धनसँगै यस क्षेत्रमा रमाउनेका लागि उन्नति कल्चरल भिलेज राम्रो स्थल बनेको छ। 

चौधरी फाउण्डेसनले स्थापना गरेको भिलेज कलाप्रेमीको लागि ‘तिर्थस्थल’ बनेको छ, जहाँ स्थानीय थारू संस्कृति झल्काउने चित्रकला, खाना, अतिथिगृह र कोठाहरू छन्। चित्रमार्फत थारू जातिका विभिन्न मेला महोत्सव र पर्वबारे वर्णन गरिएको छ। थारू जातिका दैनिकी झल्किने वस्तु कल्चरल भिलेजमा राखिएका छन्। यो कल्चरल भिलेजमा थारु समुदायलाई जीवन्त रुपमा प्रस्तुत गरिएको त्यहाँ पुग्ने पर्यटक बताउँछन्। 

उन्नति कल्चरल भिलेज भरतपुरबाट पश्चिमतर्फ करिब १२ किलोमिटर दूरीमा महेन्द्र राजमार्गसँगै रहेको छ। यस भिलेजमा आर्टस् र क्राफ्टअन्तर्गत आर्ट ग्यालरी, रंगमञ्च, कलाबाटिका, संग्राहलय (क्राफ्ट म्युजियम), सिल्पकुटिर, उन्नति बजार, अर्गानिक फार्म जस्ता धेरै विषय समेटिएका छन्।  

कल्चर अन्तर्गत थारू गाउँ, खुल्ला भान्सा, गदला मोद रहेका छन्। गेष्ट स्पेस अन्तर्गत कला घर (आर्ट होटल), बोधि कुञ्ज (आर्ट रेसिडेन्सी), देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) रहेका छन्। 

एक्पिरियन्स अन्तर्गत कला र शिल्प, थारू संस्कृति, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन्। सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ। यस अन्तर्गत डबली, बार र रेष्टुरेण्ट छन्। 


थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ। थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो। अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ। भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिएको छ। करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ। कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन्। अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ। ‘यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किने गरिएको छ’ चौधरी फाउण्डेसनकी निर्देशक सुरवी चौधरीले भनिन्, ‘यहाँ थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि लिन पाइन्छ।’ 

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ छ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी रहेका छन्। भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ। यसमा १८ स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ। यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्छन्, जसलाई यहीँ प्रदर्शनीमा राखिन्छ। 

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुन्छन्। ‘स्थानीय हस्तकला उत्पादनमा स्थानीयबासीलाई सहभागि गराउन उनीहरुलाई दक्ष बनाउने काम पनि उन्नति कल्चरल भिलेजले गरिरहेको छ’ चौधरी फाउण्डेसनकी निर्देशक सुरवी चौधरीले भनिन्, ‘दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरुको उत्पादनहरूलाई बजारसम्मको पहुँचमा पुर्‍याउने काम भिलेजले गर्छ।’ नेपाली शिल्प र कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ। हिष्ट्री म्युजियममा नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू देख्न पाइन्छ।

थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गरेको छ। नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ भेटिन्छ। घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिन्छ। नेपालका सबै कलाकार एवं साहित्यकार आएर यहाँ आफ्नो कला एवं साहित्य सिर्जना गर्न, प्रस्तुत गर्न सकुन् भन्ने भिलेजको लक्ष्य रहेको निर्देशक चौधरीले बताइन्। 

भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाइ रहेको छ। स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ। स्थानीयलाई नै सहभागी गराइएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहने गर्छन्।

विशेष गरि कला सिक्न र जानेको कला पस्किन यहाँ आउनेको संख्या बढि हुने गरेको छ। विभिन्न विद्यालयका विद्यार्थीहरुलाई हस्तकलासंगै, हाम्रा सांस्कृतिक र ऐतिहासिक विषयको जानकारी र सिप पनि प्रयोगात्मक रुपमा नै सिकाउने गरिन्छ।

प्रकाशित: Aug 17, 2022| 13:28 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।