बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलंकाविरुद्धका तीनै खेल जितेको नेपाली टोली भोलि मलेसिया जाँदै

श्रीलंकाविरुद्धका तीनै खेल जितेको नेपाली टोली भोलि मलेसिया जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-एसियन कप छनोटको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजय भएको छ । नेपालले श्रीलंकाको कोल्टस्ले क्रिकेट क्लबसँग पाँच विकेटले विजय भएको हो । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोल्टस्ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन जोडेको थियो । जवाफि ब्याट्रिमा  २ सय १७ रनको लक्ष्य लियर मैदानमा उत्रेको नेपालले ४२.४ ओभरमा पाँच विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान पारस खड्का र दिपेन्द्र सिहं ऐरीले अर्धशतकीय पारी खेले । 

पारसले ५७ बल खेल्दै एक छक्का र ६ चौकाको मद्दतमा ५८ रन जोडे । त्यस्तै अर्का ब्याट्सम्यान ऐरीले ५३ बल खेल्दै २ छक्का र ५ चौकाको मद्दतमा ५२ रन जोड्दै अविजित रहे । अन्य ब्याट्सम्यान उपकरुप्तान ज्ञानेन्द्र मल्ल ४५ र सुवास खकुरेलले २२ रन जोड्दा आरिफ सेख २३ रनमा अविजित रहे । दोस्रो मैत्रिपुर्ण खेलमा शतक बनाउनबाट चुकेका सागर पुनले भने यस खेलमा पाँच रन मात्र जोड्न सके । 

यसअघि बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै करण केसी र सागर पुनले समान २ विकेट तथा ललित भन्डरीले एक विकेट लिए । तीनवटै मैत्रिपुर्ण खेलमा जित निकालेको नेपाली राष्ट्रिय टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।

नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ । छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।