शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रधानमन्त्रीको आश्वासनपछि मधेश सरकारले रोक्यो संघविरुद्धको धर्ना कार्यक्रम

प्रधानमन्त्रीको आश्वासनपछि मधेश सरकारले रोक्यो संघविरुद्धको धर्ना कार्यक्रम

'निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ' भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।
 |  मंगलबार, साउन ३१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

vianetvianet

जनकपुर- प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ।

triton college

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका थिए। मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गरेका थिए। 

महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन्। सो कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी थिए।

यसअघि प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो। प्रधानमन्त्री देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो। 'निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ' भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए। 

मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो।

National life insurance

प्रकाशित: Aug 16, 2022| 21:50 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।