बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चिनियाँ 'नाकाबन्दी'बारे मौनता किन?

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।
 |  बुधबार, भदौ १, २०७९
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बुधबार, भदौ १, २०७९

ntc landingntc landing

काठमाडौं- सरकार गठन भएको एक वर्षपछि उत्तरी छिमेकी चीनको तीन दिने औपचारिक उच्चस्तरीय भ्रमण सकेर फर्किएपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले  भ्रमण फलदायी भएको दाबी गरे। उनले भने, 'एक चीन नीतिप्रति नेपालको प्रतिबद्धतालाई लिएर चीनले विश्वास गरेको छ। चीनले नेपाललाई विकास निर्माणलगायत आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।’

himalayan bank box

यद्यपि चीनले २०७६ माघदेखि गर्दै आएको 'अघोषित नाकाबन्दी' खुलाउन भने आफ्नो भ्रमणका क्रममा कुनै ठोस कदम चाल्न सकेनन् खड्काले। परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्। परराष्ट्रमन्त्रीले पत्रकारसँगको कुराकानीमा सीमा नाकाको विषयमा कुराकानी भएको बताए पनि ठोस उपलब्धि भए-नभएको बारे भने मौन रहे। 

परराष्ट्र मन्त्रालयले साउन २६ गते राति जारी गरेको विज्ञप्तिमा भने महामारी नियन्त्रणमा आएपछि रसुवा-केरुङ तथा तातोपानी-झाग्मु नाका सञ्‍चालनमा ल्याउने विषयमा सहमति भएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, 'दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ। यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा-केरुङ तथा तातोपानी-झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा-पुलाङ नाकालाई एकतर्फी रुपमा खोल्ने सहमति भएको छ।' 

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवा-केरुङ नाकाबाट साउन २२ गतेदेखि नै चिनियाँ पक्षले निर्यातमा रोक लगाएको बताएका छन्। उनले भने, 'चिनियाँ पक्षले कोरोना बढेको भन्दै साउन २२ गतेदेखि नै निर्यातमा रोक लगाएको हो। यसबारे हामीलाई म्यासेज पठाएको थियो।' उनले साउन २१ गते पछिल्लो पटक १४ कन्टेनर आएको र त्यसपछि रोकिएको जानकारी दिए। उनले भने, 'हामीले यसबारे गृहलाई जानकारी गराइसकेका छौं। नाका खुलाउन अब माथिबाटै केही पहल होला।'

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु पनि यसबारे अनभिज्ञता प्रकट गर्छन्। मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भन्छन्, 'सरकारलाई नाकाबन्दी कहिलेदेखि गरेको हो, किन गरिएको हो भन्‍ने विषयमा औपचारिक जानकारी प्राप्त भएको छैन।' कोरोना महामारीका कारण एक साता बन्द गर्ने भन्‍ने सुनिएको भए पनि औपचारिक केही खबर नभएको उनले बताए।  

vianet

गत वर्षको अन्त्यमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच टेलिफोन कुराकानी भएपछि केही सहज बनाइएको बताइए पनि नाका पूर्ण रुपमा खुल्‍न नपाउँदै फेरि ठप्प पारिएको हो। २०७८ फागुन २३ मा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग करिब एक घण्टा टेलिफोन कुराकानी गरेपछि चीनले नाका केही सहज बनाएको भए पनि पछिल्लो समय फेरि बन्द गरिदिएको हो। त्यस समय परराष्ट्रमन्त्री खड्काले भनेका थिए, ‘उत्तरी नाका खोल्न पहल गरिराखेका छौं। चीनका विदेशमन्त्री वाङसँग सोही माग राखेर एक घण्टा टेलिफोन वार्ता भयो। चिनियाँ राजदूतसँग पनि सो नाका खोल्ने विषयमा कुराकानी भएका छन्। दुवै देशको हितमा भएकाले सो नाका छिट्टै खुल्ने विश्वास लिएका छौं।'

परराष्ट्रमन्त्रीले नाका खुलाउने बताएपछि चीनले २०७८ चैत १ गतेबाट दैनिक १४ कन्टेनर भन्सार पास हुन दिने विषयमा सहमत भएको थियो। यद्यपि चीनले 'अघोषित नाकाबन्दी' भएको ३० महिना भइसकेको छ। रसुवागढी नाकामा नेपालबाट हुने निर्यात ठप्प भएको त ३० महिना नै भइसकेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख नारद गौतमले जानकारी दिएका छन्। उनले भने, ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ। रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको त ३० महिना नै भइसक्यो। मानिसको आवतजावत पनि बन्द छ।’

नाका खुलाउने सम्बन्धमा यसअघि नै दुई मुलुकबीच पटक–पटक सहमति भए पनि पूर्ण रुपमा नखोल्दै चीनले कोरोनालाई कारण देखाउँदै पूर्ण रुपमा नाका बन्द गरेको हो। तातोपानी नाकामा सन् २०१५ को भूकम्पयता र रसुवागढी नाकामा २०१९ को अन्त्यमा सुरुवात भएको कोभिड–१९ को संक्रमणयता पहिलेको अवस्थामा सुरु हुन सकेका छैनन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले पूर्वजानकारी बिना नाका बन्द हुँदा व्यवसायमा ठूलो असर पर्ने बताएका छन्। उनले भनेका छन्, 'सूचनाबिनै नाका बन्द भएको हो। अनौपचारिक रुपमा १ हप्ताको लागि बन्द भएको भन्‍ने जानकारी पाएका थियौं। तर, अहिले १० दिन बितिसक्दा पनि नाका खोल्‍ने विषयमा कुनै जानकारी छैन। चाडपर्व नजिकिएको समयमा भएको नाकाबन्दीले नेपालका व्यवसायीलाई निकै ठूलो अप्ठ्यारो पार्छ।’

प्रकाशित: Aug 17, 2022| 07:50 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...