मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डिपेको सम्झनलायक प्रदर्शनमा बार्सिलोनाले युभेन्टसलाई हरायो

डिपेको सम्झनलायक प्रदर्शनमा बार्सिलोनाले युभेन्टसलाई हरायो

प्रिसिजन मैत्रीपूर्ण खेलअन्तर्गत जोअन गेम्पर ट्रफी नाम दिइएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई हराएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– प्रिसिजन मैत्रीपूर्ण खेलअन्तर्गत जोअन गेम्पर ट्रफी नाम दिइएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई हराएको छ।

स्टेडी जोअन क्रुफमा आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले ३–० गोलको जित निकालेको हो। बार्सिलोनाको जितका लागि मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकी पुइगले गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै वाई डेमिरले दिएको पासलाई सदुपयोग गर्दै डिपेले गोल गरेका थिए। त्यससँगै युभेन्टस दबाबमा आएको थियो।

त्यो गोलसँगै पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो। दोस्रो हाफमा उनसले दुई गोल थप्यो। यस डिपेको पासमा ब्रेथवेटले ५७ औं मिनेटमा गोल गरे।

बार्सिलोनाका लागि अन्तिम तथा तेस्रो गोल भने २१ वर्षे युवा खेलाडी पुइगले गरे। उनले इन्ज्युरी समयमा गोन्जालेज इग्लेसियसले दिएको पासलाई उपयोग गर्दै गोल गरे।

यता खेलमा ३१ प्रतिसत मात्र पकड बनाएको युभेन्टसले विपक्षीको पोस्टतर्फ १३ प्रहार गरे पनि गोल गर्न असमर्थ रह्यो।

बरु बार्सिलोनामा मेम्फिस डिपेले आफ्नो लय कायम राखे। उनले पछिल्लो पटक जिरोनालाई ३–१ गोलले हराउने क्रममा पनि पेनाल्टी स्पोटबाट गोल गरेका थिए।

तर बार्सिलोनाले यसअघिको खेलमा आरबी साल्जबर्गसँग हार बेहोरेको थियो। तर बार्सिलोनाले जुलाई अन्तिम दिनको खेलमा भने सुटरगार्टलाई ३–० गोलले नै हराएको थियो।


प्रकाशित: Aug 09, 2021| 08:23 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।