बिहीबार, असार ३२, २०८३

नेपालाई २ सय १७ रनको विजयी लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- श्रीलंका भ्रमणमा रहेको नेपालले नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय १७ रनको विजयी लक्ष्य पाएको छ । 

कोल्टस् क्रिकेट क्लबको मैदानमा भएको खेलमा कोल्टस्ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो । कोल्टस्लाई २ सय १६ रनमा समेट्न सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै करण केसी र सागर पुनले समान २ विकेट तथा ललित भन्डरीले एक विकेट लिए । 

कोल्टस्का लागि हसन हेवा नायकेले ५९ रन बनाए । आयना श्रीवाडनेले ३६ रन बनाए । मदुरा लकमलले ३१ रन तथा विश्व चतुराङ्गाले २६ र  क्रिसन नाथले २४ रन जोडे । 

यो खेलसँगै नेपाली क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।