सोमबार, असार २३, २०८२

सत्ता गठबन्धनले के आधारमा गर्दैछ सिट बाँडफाँट?

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको साउन २० गते बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थिए।
 |  सोमबार, साउन ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

vianetvianet

काठमाडौं- सत्ता गठबन्धनले संघ र प्रदेश निर्वाचनका लागि सिटको बाँडफाँटलाई तीव्रता दिएको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको साउन २० गते बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थिए। 

उक्त कार्यदलको सोमबार बसेको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको कार्यदलका सदस्यसमेत रहेका सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन्।

उनले सिट बाँडफाँटको टुंगो सकेसम्म आउँदो बुधवारसम्म लगाइसक्ने लक्ष्य रहेको पनि जानकारी दिएका छन्। उनले भने, 'सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने

मनसायका साथ अघि बढिरहेका छौं।'

त्यसैगरी कार्यदलले सिट बाँडफाँटका लागि मापदण्ड बनाइएको पनि मन्त्री कार्कीले जानकारी दिए। उनका अनुसार  २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत, र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त

गरेको मतलाई आधार बनाउँदै गठबन्धनमा सिट बाँडफाँट हुनेछ। भने, 'सिट बाँडफाँटको मापदण्ड बनाउँदा विसं २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत, त्यसपछि २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मत एउटा आधार हो। तर, माधव नेपालको पार्टी जो एकीकृत समाजवादी छ, उहाँहरुले त २०७४ सालमा चुनाव लडेको छैन। त्यसलाई विशिष्ट रुपमा राखेर हामी मापदण्ड तय गरेर अघि बढ्नेछौं।'

कार्यदलको अर्को बैठक बुधबार बस्‍ने बताइएको छ। उनले थपे, 'बुधवार ४ बजे फेरि हामी बसेर निर्णय गरेपछि केही कुरा म भनौँला।' 

मन्त्री कार्कीले सरकारले कसैकोविरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रुपमा कुरा अघि बढाएको बताए।

११ सदस्यीय कार्यदलको सोमबार तेस्रो बैठक बसेको हो। यसअघि बसेको पहिलो बैठकले संयोजक तोकेको थियो। कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन्। कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।। 

कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्। नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन्। जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ  र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

गठबन्धनमा डा. बाबुराम भट्टराईले पनि सामेल हुने चाहना व्यक्त गरेका छन्। यद्पि उनले आइतबार नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर संघ र प्रदेश निर्वाचनमा भाग लिने मौखिम सहमति गरेको पनि बताइएको छ। 

प्रकाशित: Aug 15, 2022| 20:27 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...