बिहीबार, असार ३२, २०८३

युभेन्ट्सको लगातार दोस्रो जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले लगातार दोस्रो जित हात परेको छ । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा लाजियोलाई २–० ले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको हो । युभेन्ट्सका लागि मिरालेम र मारियो मान्जुकीचले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मिडफिल्डर मिरालेमको गोल मर्फत युभेन्ट्सले अग्रता लिएको थियो । दोस्रो गोल फरवार्ड मान्जुकीचले ७५ औं मिनेटमा गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

पछिल्ला केहि सिजनदेखि लिग उपाधिमा कब्जा जमाउँदै आइरहेको युभेन्ट्स यसपटक झनै बलियो रुपमा प्रस्तुत भएको छ । टोलीका लागि घरेलु मैदानमा पहिलो औपचारिक खेल खेलिरहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् ।

लिगमा दुई खेल जित्दै राम्रो सुरुआत गरेको युभेन्ट्सले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई १ सय मिलियन युरो खर्चेर रियन मड्रीडबाट यसै सिजन क्लबमा भित्र्याएको थियो । घरेलु प्रतियोगितामा लगातार दबाब बनाइरहेको युभेन्ट्सले च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।