मंगलबार, माघ ६, २०८२

'सायोनारा' टोकियो, 'बोन्जुरा' पेरिस

जापानी भाषामा बिदा हुँदै गर्दा प्रयोग गरिने शब्द हो ‘सायोनारा।’ अहिले ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक २०२० जापानबाट विदा हुँदै गर्दा जापानीले ‘सायोनारा ओलम्पिक’ भनिरहेका छन्। सामान्यतयाः बाइबाइ भन्ने अर्थ यसले दिन्छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

जापानी भाषामा बिदा हुँदै गर्दा प्रयोग गरिने शब्द हो ‘सायोनारा।’ अहिले ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक २०२० जापानबाट विदा हुँदै गर्दा जापानीले ‘सायोनारा ओलम्पिक’ भनिरहेका छन्। सामान्यतयाः बाइबाइ भन्ने अर्थ यसले दिन्छ।

National life

त्यस्तै, ‘बोन्जुरा’ भेटघाटको सुरुमा प्रयोग गरिने फ्रेन्च शब्द हो। हेल्लो, नमस्ते यस्तै अर्थ बोन्जुराले दिन्छ। हिजो (आइतबार) फ्रान्सको राजधानी पेरिसस्थित इफेल टावरको छायामा हजारौँ मानिसले टोकियो ओलम्पिकको समापन समारोह हेरेका थिए।

कोभिडका कारण एक वर्ष धकेलिएर सुरु भएको विश्व खेलकुदको महाकुम्भ सकिँदै गर्दा फ्रेन्च खेल समर्थक २०२४ को आयोजकको झल्को दिन त्यहाँ उपस्थित भएका थिए। त्यहाँ उनीहरुले आफ्नो देशमा ओलम्पिक आएकोमा स्वागत गरेका थिए।

यो सिजनको टोकियो ओलम्पिक निकै विषेश रह्यो। धेरै नै विषेश। कुनै खेलमा दर्शक उपस्थित थिएनन्। कोभिड–१९ प्रोटोकलका कारण खेलाडी, प्रशिक्षकलगायतलाई पनि बाहिर जान स्विकृति थिएन। मन लागेको कुरा खान पनि स्विकृति थिएन।

‘एक भावनात्मक स्तरमा यसले मलाई पछिल्लो २०१२ र २०१६ को ओलम्पिक सम्झिन प्रेरित गरेको छ। जहाँ रंगशालाहरु भरिभराउ हुन्थे, समर्थकले तपाईंसँगै चियर गरिरहेका हुन्थे। त्यो निकै हृयदस्पर्शी थियो,’ ओलम्पिकमा सहभागी फ्रेन्च जुडो स्टार टेड्डी रिनर भन्छन्।

Laxmi sunrise bank
kumari

ती खेलाडी जसले टोकियो २०२० मा सहभागिता जनाए, उनीहरुले अब २०२४ मा मात्र समर्थकसँग भेट गर्नेछन्। त्यसबीचको चार वर्ष ओलम्पिकका खेलाडीलाई निकै भावुक बनाएको हुनुपर्छ।

‘मैले ओलम्पिकका धेरै हिस्सा मिस गरेँ किनभने मैले रातको समयमा काम गरेँ। अब म त्यो तीन वर्षपछिको ओलम्पिकको पर्खाइमा हुनेछु,’ २२ वर्षे एलिक्सले भनेको कुरा पछिल्लो दुई हप्तादेखि टेलिभिजनमा हाइलाइट गरेर देखाइएको थियो।

‘ओलम्पिकका मानिसहरुको भीड देख्नु निकै हृदयस्पर्शी हुन्छ, तर हामी त्योभन्दा केहि फरक ओलम्पिकबाट बाहिरिएका छौं,’ जुलाई २३ को उद्घाटनमा फ्रान्सको झण्डा बोकेका जिमन्यास्ट समिर एट भन्छन्, ‘यसले मेरो मनमा १० गुणा धेरै उर्जा थपेको छ। म अहिले चोटिलो छु। अब म स्वदेश फर्किएर अभ्यास सुरु गर्नेछु।’

५० मिटर फ्रिस्टाइलमा रजत जितेका पौडिबाज फ्लोरेन्ट मनाउदोउले तीन वर्षपछिको पेरिस ओलम्पिक फ्रान्सका लागि आइकनिक हुने अनुमान गरेका छन्। भन्छन्, ‘हामी समर्थकहरुले उत्सव मनाइरहेको सम्झन सक्छौं र उनीहरु विस्तारै तीन वर्षपछिको खेलका लागि अहिल्यैबाट तयारी थाल्नेछन्।’

डेकाथलनका रजत विजेता केविन मेयर आफूले साना बच्चाहरुको आँखामा उत्साहको तार देख्न पाउँदा निकै हर्षित भएको बताउँछन्। ‘म आफू सानो हुँदाको भाव अहिले मैले बच्चामा देखेँ,’ उनले भने।

यता पेरिस ओलम्पिक २०२४ का आयोजना प्रमुख टोना स्ट्यान्गुरी भन्छन्, आउँदो प्रतियोगिता तोकिएकै समयमा हुनेछ। त्यो क्षणका लागि सबै संकेतहरु अहिलेसम्म हरिया छन्।’ 

पेरिसवासीहरुको लागि दुःखको कुरा भनेको हुरीको बेगको प्रभावका कारण इफेल टावरमा फ्रान्सको झण्डा लहराउन सक्दैन की भन्ने कुरामा छ। 

ओलम्पिक २०२० मा पछिल्ला केहि दिनदेखि शीर्षस्थानमा रहेको चीन अन्तिम दिन (अगस्ट ८ मा) दोस्रो स्थानमा झरेको थियो। त्यसअघि दोस्रो स्थानमा रहेर शीर्षस्थानको लागि प्रतिस्पर्धा गरिरहेको अमेरिकाले अन्ततः ३९ स्वर्ण जित्दै ओलम्पिकमा आफ्नो प्रभुत्व कायम गर्यो।

जापानको टोकियोमा आयोजित ओलम्पिकमा अमेरिका पहिलो भयो भने चीन दोस्रो तथा जापान तेस्रो भए। ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ काश्यका साथ शीर्षस्थान ओगटेको छ। उसले ११३ पदक जित्यो। दोस्रो भएको चीनले ३८ स्वर्णसहित ३२ रजत र १८ काश्य जित्यो।

त्यस्तै, आयोजक जापनाले २७ स्वर्णसहित १४ रजत र १७ काश्य जित्यो।

यो पनि पढ्नुहोस्ः 

बेलारुसी महिला ओलम्पियनको दुखद् कथा, जो घर फर्कनै सकिनन्

चिनियाँ खेलाडीको लुगामा माओ त्से तुङको 'ब्याज' देखेपछि आईओसीले सोध्यो- किन लगाएको?

सर्वाधिक सफल अष्ट्रेलियन ओलम्पिक खेलाडी मकिन

सहभागितामै सीमित रह्यो नेपालका लागि टोकियो ओलम्पिक

सम्मान पाउने बेलामाओलम्पिकको अपमान

टोक्यो ओलम्पिकका गोल्डेनदाजुबहिनी, जसले बनाए कीर्तिमान

कीर्तिमानी धावक किमेली, जसको रगतमा केन्या छ तर मुटुमा बेल्जियम


प्रकाशित: Aug 09, 2021| 07:54 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।