शुक्रबार, वैशाख २६, २०८२

निर्वाचनका लागि आयोगमा हालसम्म ३९ दल दर्ता

सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
 |  आइतबार, साउन २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

vianetvianet

काठमाडौं- यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता भएका छन्। 

triton college

सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ। अहिले सम्ममा दर्ता भएका दलहरूमा नेकपा (एमाले) बाहेक बाँकी सबै साना दलहरू रहेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) दल दर्ताको क्रमसंख्या १०औं स्थानमा रहेको छ। 

सत्ता गठबन्धनका दलहरूको दल दर्ता हुन बाँकी रहेको छ भने अन्य दलहरू दर्ता हुने क्रममा रहेका छन्। दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। दल दर्तासँगै आयोगले निर्वाचनको लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको छ। 

National life insurance

आयोगले अहिले निर्वाचनको लागि गर्नुपर्ने कामको योजना, कार्यतालिका बनाउने, जनशक्ति व्यवस्थापन, निर्देशिका, कार्यविधि, कानून संशोधन लगायतको कामलाई प्राथमिकतामा राखेको प्रवक्ता पौडेलले बताए।

नीति, नियम र निर्देशिकाहरूमा समयमै परिमार्जन र निर्माण गर्नुपर्ने विषयमा अध्ययन भइरहेको पनि आयोगले जनाएको छ।

दल दर्ताको काम सकिएपछि आयोगले उनीहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन लगाउने कार्यसूची तय गरिएको पनि आयोगले जनाएको छ। त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम शुरू गर्ने आयोगको योजना रहेको छ।

समानुपातिक तर्फको निर्वाचन कार्यतालिका आयोगले बनाइसकेको छ। त्यसबारे नेपाल राजपत्रमा प्रकाशन भएपछि निर्वाचन प्रक्रिया शुरू गरिने छ। 

यसका साथै निर्वाचनको लागि आवश्यक सामग्री सूची तयार गर्दै सरकारसँग बजेट माग गर्ने तयारी गरिरहेको पनि आयोगले जनाएको छ। निर्वाचनका लागि ५८ प्रकारका सामग्री चाहिन्छ। त्यसमध्ये आयोगसँग मौजुदा सामग्रीको तथ्यांक संकलन गर्ने र नपुग सामग्री खरिद गर्ने तयारीमा आयोग रहेको छ।

यसै गरी आयोगले मतदाता नामावली अद्यावधिक गर्ने पनि गृहकार्य अघि बढाएको छ। मतदाता नामावली तयार पारेर स्थानीय तहसम्म पठाएर त्यसमा भएको त्रुटि सच्याउन लगाउने छ। 

मतदाता नामावलीमा त्रुटि भएमा सच्याउने, नामावलीमा नपर्ने नाम परेको छ वा दोहोरो नाम परेको छ भने त्यसलाई हटाउन प्रक्रिया अघि बढाउन आयोगले तयारी गरिरहेको छ।

त्यस्तै आयोगअन्तर्गतका विभिन्न महाशाखा र शाखाले गर्नुपर्ने काम, जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने काम, आयोगले गर्नुपर्ने कामलाई आन्तरिक कार्ययोजना बनाएर अघि बढाइसकेको छ। 

त्यसै गरी निर्वाचनमा खटिने जनशक्तिको योजना तयार पार्ने, मतदाता शिक्षासम्बन्धी कार्यक्रम, निर्वाचन व्यवस्थापनमा खटिने कर्मचारीको तालिमलगायत जनशक्ति व्यवस्थापन र क्षमता अभिवृद्धिका विषयमा योजना बनाउने काम गरिरहेको छ।

त्यसै गरी मतदान केन्द्र थप गर्ने, मतदान केन्द्रलाई सबैको पायक पर्ने स्थानमा राख्ने विषयमा मतदान केन्द्र पुनरावलोकन काम पनि आयोगले अघि बढाएको छ। 

आयोगका अनुसार स्थानीय तहको निर्वाचनको बेला भन्दा ३ सय हाराहारी निर्वाचन केन्द्र थप हुनेछ। स्थानीय तह निर्वाचनका बेला २१ हजार ७ सय ५६ स्थानीय तह रहेकोमा अब २२ हजार हाराहारी मतदान केन्द्र हुनेछ।

प्रकाशित: Aug 14, 2022| 07:56 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...