मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो।
 |  शनिबार, साउन २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

भजनी- कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो।

triton college

नगरपालिकाको अहिलेको आन्तरिक आयको स्रोत करिब रु सात करोड छ। आन्तरिक आयका स्रोतको पहिचान हुन नसक्दा नगरपालिकाको स्रोतको पाटो मजबुत बन्न सकेको छैन। कृषि, पर्यटन, उद्योग र व्यापारलाई मुख्य प्राथमिकतामा राखेको नगरपालिका त्यसैअनुसारका निकायसँग समन्वयका लागि छलफल सुरु गरेको नगरपालिकाका नगर प्रमुख रामलाल डगौँरा थारु बताउछन्।

नगरपालिकामा पर्यटन क्षेत्रका लागि थुप्रै सम्भावना छन्। टीकापुर पार्क सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्दै आएको छ। पार्कमा आन्तरिक तथा बाह्य गरी वार्षिक करिब एक लाखभन्दा बढी पर्यटक आउने गरेका छन्। नगरपालिकाले पार्कबाट वार्षिक रु ५० लाखसम्म आम्दानी गर्दै आएको छ। त्यस्तै अन्य थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले साझेदारी संस्थाको खोजी गर्दै आएको छ।

नगर प्रमुख थारुले आफ्नो नगरपालिकामा लगानीका क्षेत्र विस्तारका लागि सम्भावना भएका लगानीकर्ता र सङ्घसंस्थासँग छलफल चलाएको बताए। उनले बैंक तथा वित्तीय संस्था, निजी लगानीकर्ता तथा गैरसरकारी संस्थासँग समन्वय गरेर लगानी बढाउने र विकासलाई पनि द्रुत गतिमा अगाडि लैजाने रणनीतिमा नगरपालिका रहेको बताए। 'सम्भावना धेरै छन्। तिनको पहिचान र परिचालनमा मात्रै समस्या देखिएको हो,' नगर प्रमुख थारुले भने, 'नगरपालिकाले साझेदार संस्थासँग समन्वय गर्न सक्नेसँग साझेदारीमा लगानी गर्नका लागि पनि योजना बनाएको छ।'

नगरपालिकाले लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको तयारीलाई पनि तीव्र बनाएको छ। देशभरका उद्योगीलाई टीकापुरमा लगानी गर्न वातावरण सिर्जना गर्नुका साथै लगानी गर्नका लागि प्रेरित गर्ने उद्देश्यले लगानी सम्मेलनको तयारी गरिएको नगर उपप्रमुख खडकबहादुर शाहले बताए। 

Metro Mart
vianet

'हामी केही समयपछि लगानी सम्मेलन गरेर टीकापुरमा ठूलो लगानी भित्र्याउने प्रयत्नमा लागेका छौँ। त्यसका लागि सङ्घ र प्रदेश सरकारसँगै ठूला व्यवसायीसँग समन्वय र छलफलमा जुटेका छौं,' नगर उपप्रमुख शाहले भने,'लगानी भित्र्याउन सकेपछि रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जनका गतिविधि चलायमान हुने छन् भने त्यसले नगरपालिकाको आन्तरिक आयको स्रोत पनि मजबुत बन्दै जानेछ।'

नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्नका लागि औद्योगिक ग्रामको स्थापनाको तयारी पनि थालेको छ। सङ्घीय सरकारसँग आवश्यक परामर्श गरेर औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको उपप्रमुख शाहले बताए। 'एक निश्चित क्षेत्रलाई औद्योगिक ग्रामका रूपमा विकास गर्नका लागि सङ्घीय सरकारको मापदण्डअनुसार काम अगाडि बढेको छ,' उनले भने, 'त्यसपछि हामी बलियो भएर प्रस्तुत हुनसक्छौँ। परनिर्भरताले हामिले चाहेको पालिकाको विकास सम्भव छैन।'

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले नगरपालिकाको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि विमानस्थल र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीको सन्कट्टीको पुल महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसको सफलता हासिल भइसकेको बताए। उनले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले चासो राखे प्रदेश र सङ्घीय सरकारले सहयोग गर्ने बताए। तीनै तहको सरकारको समन्वयले नगरपालिकाले पछ्याएको गन्तव्य पूरा हुने उनको भनाइ थियो।

नगरपालिकाले पर्यटकीय क्षेत्रलाई पनि व्यावसायीकरण गर्नेगरी योजना बनाउन थालेको छ। सबैभन्दा बढी सम्भावना नगरपालिकामा पर्यटन क्षेत्र नै भएकोले त्यसलाई व्यवस्थित गरेर प्रचारप्रसारमा कमी गर्न नहुने नागरिक अगुवा भीमराम चपाईं बताउछन्। 'टीकापुरमा लगानीका सम्भावना धेरै छन् तर, त्यसको सुनिश्चितता र सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले लिनसके धेरै राम्रो परिणाम आउन सक्छ,' उनले भने, 'लगानी गर्ने वातावरण बनाउनुपर्यो। केही नगरपालिकाको मातहतमा रहेका संरचनालाई सीमित समयका लागि निजी क्षेत्रलाई जिम्मा दिनसके पनि नगरपालिकाको आन्तरिक आयस्रोत मजबुत बन्न सक्छ।'

प्रकाशित: Aug 13, 2022| 22:10 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।