बिहीबार, साउन ७, २०८३

एसियाड : बक्सिङका तेज र पुनम पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-इन्डोनेसियामा जारी १८औं एशियाली खेलकुदमा नेपाल पदक बिहीन छ । पदकको अपेक्षा गरिएको बक्सिङले पनि खराव शुरुवात गरेपछि नेपाल पदक बिहिन भएको हो । 

पुरुषतर्फको लाइट फ्लाईको ४९ केजी तौलसमूहमा तेज बहादुर देउवा अन्तिम ३२ राउन्डको खेलमा लाओसका खामसाथोनसँग ३-१ अंकले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

यस्तै पुरुष वेल्टर ६४ केजी तौल समूहकै अन्तिम ३२ को खेलमा भुपेन्द्र थापा जोर्डनका ओवाडा अल्कासवेहसँग ४-० ले पराजित भए । 

महिला लाइट ६० केजी तौल समूहमा पुनम रावल प्रि-क्वाटरफाइनलमा चीनकी याङ वेङलुसँग ५-० अंकका आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् । यसअघि शुक्रबार संगीता सुनार पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।