सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • शर्वेश्वर महादेवको मूर्ति राखेर कुम्भेश्वर मेला सुरु [तस्बिरहरू]

शर्वेश्वर महादेवको मूर्ति राखेर कुम्भेश्वर मेला सुरु [तस्बिरहरू]

ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै सर्वेश्वर महादेवको मूर्तिलाई राखेर कुम्भेश्वर मेला सुरु भएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै सर्वेश्वर महादेवको मूर्तिलाई राखेर कुम्भेश्वर मेला सुरु भएको छ।

National life

साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिपूर्वक बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ। गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराइ खटभित्र राखेर विधिवत्रुपमा पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बताइएको छ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन्। मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ। 

त्रेतायुगमा किराँती राजकुमारी कुष्ठरोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ।

Shivam cement

प्रकाशित: Aug 12, 2022| 09:11 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।