बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सीको जर्सी जलाउन भनेका प्यालेस्टाइनी अध्यक्षलाई फिफाको निलम्बन

मेस्सीको जर्सी जलाउन भनेका प्यालेस्टाइनी अध्यक्षलाई फिफाको निलम्बन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–विश्वफुटबलको सर्वोच्च निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसियसनका अध्यक्ष जिब्रिल रजोउबलाई निलम्बन गरेको छ । समर्थकहरुलाई लियोनल मेस्सीको जर्सी र पोस्टर जलाउन आग्रह गरेपछि उनलाई फिफाले एक बर्षको निलम्बन गरेको हो । रजोउब कुनै पनि क्षमतामा खेलमा सहभागी हुन पाउने छैनन् ।
 
अर्जेन्टिना र इजराइलबीचको मैत्रिपुर्ण खेल पहिले दिएको उनको यस्तो अभिव्यक्तीले घृणा र हिसांलाई उकासेको भन्दै फिफाले १५ हजार आठ सय २६ पाउण्डको जरिवाना समेत तोकेको छ । यो मैत्रिपुर्ण खेल जुनमा जेरुसलममा हुने भनिए पनि पछि रद्द भएको थियो । 

अर्जेन्टिनाका बिदेशमन्त्री जोर्गे फउरीएका अनुसार जुनमा अर्जेन्टिनाका खेलाडी इजराइलसँग मैत्रिपुर्ण खेल खेल्न तयार थिएनन् । खेल रद्द भएपछि प्यालेस्टाइनी एफएले मेस्सी र उनका सहकर्मीलाई धन्याबाद दिन ज्ञापन पत्र जारी गर्‍यो । 

तर, रजोउबले एक पत्रकार सम्मेलनमा भने, ‘के भयो... बाँकी दुनियासँग एक रातो कार्ड इजराइलका लागि छ । पहिले अफगानिस्तानले खेलको ‘राजनितिक करण’ गर्ने आरोप लगाएका थिए ।’ रजोउबले आफैले बनाएको हरेक रातो लाईन पार गरेको इजराइल एफएले आरोप लगाएको छ । यसका लागि फिफाले रजोउब र प्यालेस्टाइनी एफएलाई जवाफ देहि बनाउन आफ्नो पुरै शक्ती प्रयोग गर्ने सपत समेत खाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।