शुक्रबार, चैत १३, २०८२

लिभरपुल किन्ने खालिदको प्रस्ताव अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी–इंग्लिश क्लब लिभरपुलको शेयर किन्ने अरबका शेख खालिदको सपना अधुरो रहेको छ । म्यानचेस्टर सिटीका मालिक शेख मन्सुरका नातेदार खालिदले क्लबको शेयरको लागि गरेको प्रस्ताव लिभरपुलले अस्विकार गरेसंगै खालिदको क्लब किन्ने सपना अधुरो रहेको हो । 

लिभरपुलका अनुसार क्लब बिक्रीका लागि कुनै पनि समूहसँग यस्तो चर्चा नभएको बताइएको छ । तर, खालिदले क्लबका लागि दुई बिलियन पाउण्डको प्रस्ताव गरेका थिए । २ बिलियन पाउण्डको खालिदको प्रस्ताव लिभरपुलका अध्यक्ष टोम वेरनेरले अस्विकार गरेको बीबीसीले जनाएको छ । 

एक रोपोर्टका अनुसार खालिदले २०१७ को अन्ते तथा २०१८ को शुरुवातमा प्रिमियर लिग क्लबसँग सम्पर्क गरेको बताइएको छ । जसमा एक अर्का चाइनिज इन्भेस्टर पनि रहेका थिए ।

लिभरपुलको शेयरको लागि छलफल गर्न इमिरेट्स ग्रुपका खालिद अमेरिका गएका थिए । तर, अमेरिकामा भएको छलफलमा खालिदले लिभरपुलका अध्यक्षलाई मनाउन सकेनन् । 

पछिल्लो समय इन्ग्लिश प्रिमियर लिगमा अरेबियन धनाड्यहरुको लगानी बढी रहेको छ । यस्तोमा खालिदले पनि लिभरपुलमा लगानी गर्न चाहेका थिए । यो प्रस्ताव लिभरपुलले स्वीकार भएको भए कुनैपनि क्लब किन्नको लागि ठुलो रकम खर्चेको किर्तिमान बन्ने थियो । २००५ मा प्रिमियर लिग प्रतिद्धोन्द्धी म्यान्चेस्टर युनाइटेडलाई माल्कोम ग्लाजरले ७९० मिलियन पाउण्डमा किन्दै सबैभन्दा ठुलो रकम खर्चने व्याक्ती बनेका थिए ।

विजनेस सर्भिसेज ग्रुप केपीएमजी अनुसार क्लबको मुल्य यस्तो छ ।

म्यानचेस्टर युनाइटेडः २.९३ बिलियन पाउण्ड
रियल मड्रिडः २.६३ बिलियन पाउण्ड
बार्सिलोनाः २.५ बिलियन पाउण्ड
बार्यन म्युनिखः २.३ बिलियन पाउण्ड
लिभरपुलः १.४२ बिलियन पाउण्ड
म्यानचेस्टर सिटीः १.९४ बिलियन पाउण्ड
आर्सनलः १.८९ बिलियन पाउण्ड
चेल्सीः १.५८ बिलियन पाउण्ड
टोटनह्यमाः १.१६ बिलियन पाउण्ड 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।