आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शुक्लाफाँटा ‘उहिले सिकार आरक्ष, अहिले बाघ संरक्षणमा छलाङ’

विसं २०२६ मा सिकार आरक्षका रुपमा संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले आइपुग्दा बाघ संरक्षणमा अब्बल सावित भएको छ।
 |  बिहीबार, साउन २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

महेन्द्रनगर-  विसं २०२६ मा सिकार आरक्षका रुपमा संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले आइपुग्दा बाघ संरक्षणमा अब्बल सावित भएको छ।

triton college

बाघको राष्ट्रिय गणनामा बाघको घनत्व बढाउँदै सन् २०२२ को गणनामा यहाँ बाघको सङ्ख्या दोब्बरले बढेको छ। कञ्चनपुरमा तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भारतसित पनि जोडिएको छ। सन् २०१८ को राष्ट्रिय बाघ गणनामा यहाँ १६ वटा पाटे बाघ रहेका थिए। 

सन् २०२२ को गणनामा यहाँ पोथी र भाले गरेर बाघको सङ्ख्या ३६ पुगेपछि वन पर्यावरणका क्षेत्रमा शुक्लाफाँटाको चर्चा चुलिएको छ। विसं २०३२ मा एकसय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा निकुञ्जको पूर्वतर्फको एकसय ५० वर्गकिलोमिटर क्षेत्र विस्तार गरी निकुञ्ज घोषणा गरिएको हो।

विसं २०७३ फागुनमा राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भएको शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रुपमा पनि परिचयन बनाएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए।

'नयाँ एमटिवान वैज्ञानिक विधिबाट बाघ गणना गरिएको हो,' प्रमुख संरक्षण अधिकृत मेहताले भने, 'उहिले सिकार आरक्ष भए पनि अहिले बाघ संरक्षणमा अब्बल भएका छौँ।' बाघका लागि आहारा प्रजातिको उचित प्रबन्ध, चोरीसिकारी नियन्त्रण र मध्यवर्ती क्षेत्र र स्थानीय निकायको सहयोग एवं संरक्षणप्रतिको सकारात्मक भूमिकाले बाघको सङ्ख्या बढेको उनको भनाइ छ। 

Metro Mart
vianet

निकुञ्जका अनुसार अहिले निकुञ्जभित्रको चौधर खोलाको पश्चिमतर्फको भागमा बाघ बढी सङ्ख्यामा रहेका छन्। मुलुकमै पर्यटक आवागमन कम हुने शुक्लाफाँटामा बाघको सङ्ख्या दोब्बरले बढेसँगै यहाँ अवलोकन गर्ने बढी आउनेमा आशावादी छन्।

शुक्लाफाँटामा सन् २००२ मा २६, सन् २००५ मा १८, २००८ मा ८ र २०१३ मा १७ वटा पाटे बाघ रहेका थिए। 'राष्ट्रिय गणनासँगै बेलाबेलामा हामी दातृ निकायको सहयोगमा पनि यहाँ बाघको अनुगमन गरिरहेकै हुन्छौं,' उनले भने, 'आहारा प्रजाति प्रशस्त हुनुका साथै बाघको बासस्थान पनि उचित प्रबन्ध यहाँ छ।'

यहाँ मानव–वन्यजन्तु द्वन्द्व अन्तको भन्दा कम रहे पनि जङ्गली हात्तीको आतङ्क भने बेलाबेला हुने गरेको छ। एकसय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान रहेको शुक्लाफाँटामा विश्वमै सबैभन्दा ठूलो बाह्रसिङ्गाको झुण्ड अवलोकनसमेत गर्न सहजै पाइन्छ।

प्रकाशित: Aug 11, 2022| 21:45 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।