सोमबार, साउन ११, २०८३

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

 |  सोमबार, जेठ १८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १८, २०८३

दाङ- यहाँको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएकबे छ। मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उहाँका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए।

सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते हुनुभएको छ। आज बिहान ६:०० बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो। 

प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jun 01, 2026| 13:47 सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्