शुक्रबार, कात्तिक २८, २०८२

लुम्बिनीमा अलपत्र विद्युतीय बस दसैंअघि नै चल्ने

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनका सम्बन्धमा कार्यविधि निर्माण गर्ने, प्राप्त भएका ५ वटा बस र १४ वटा भ्यानको प्राविधिक जाँच गर्ने तथा दिगो रुपमा सञ्चालनका लागि आइपर्ने प्राविधिक पक्षका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ।
 |  बिहीबार, साउन २६, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, साउन २६, २०७९

बुटवल- करिब डेढ वर्षसम्म लुम्बिनीमा आएर अलपत्र विद्युतीय गाडी आगामी दसैंअगावै सञ्चालनमा आउने भएका छन्। लुम्बिनी विकास कोषले कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएर दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी काम गरेको हो। 

National life

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनका सम्बन्धमा कार्यविधि निर्माण गर्ने, प्राप्त भएका ५ वटा बस र १४ वटा भ्यानको प्राविधिक जाँच गर्ने तथा दिगो रुपमा सञ्चालनका लागि आइपर्ने प्राविधिक पक्षका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ।  

एसियाली विकास बैंकले डेढ वर्षअगाडि लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै ५ वटा विद्युतीय बस र १४ वटा विद्युतीय भ्यान अनुदानमा कोषलाई उपलब्ध गराएको थियो। ‘अहिले हामीले विद्युतीय सवारी जतिसक्दो चाँडो सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं, अफिसियल टेस्ट गरेलगत्तै परीक्षण सञ्चालन गर्छौ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले भने। 

उनका अनुसार परीक्षण सञ्चालनका लागि अहिले थन्किएर बसेका बस र भ्यानहरूको प्राविधिक जाँच गर्ने र चार्जिङ स्टेशन निर्माणबारे विद्युत प्राधिकरणको टोलीसँग छलफल भइरहेको छ। ‘दसैंअगाडि नै औपचारिक सञ्चालन गर्ने गरी हामीले तयारी गरेका छौं,’ कोषाध्यक्ष भट्टराईले भने, ‘सञ्चालन मोडालिटीका बारेमा हामीले कार्यविधिलाई पनि छिट्टै टुंगोमा पुर्‍याउनेछौं।’

लुम्बिनी विकास कोषको साउन १७ गते बसेको परिषद् बैठकले पर्यटकको सुविधाका लागि ल्याइएको विद्युतीय गाडीलाई यथाशिघ्र सञ्चालन गर्ने निर्णय गरेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2022| 16:45 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।