सोमबार, असोज ८, २०८०

कोरोना फैलिन नदिन ‘खोज र खोप अभियान’ चलाइँदै

कोरोना भाइरस संक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ।अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, साउन २६, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

धनगढी- कोरोना भाइरस संक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ।अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

sagarmatha cement

अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेत समेटिन लागिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए। रोकथामका लागि सबै अस्पतालमा आवश्यक पर्न सक्ने अक्सिजन, टेस्ट किटको कमी हुन नदिने भेन्टिलेटरको समेत व्यवस्था गरिएको जोशीले बताए।

'सङ्क्रमण बढ्दा सीमा नाकाबाट भित्रिनेहरु सबैको स्वास्थ्य नमूना परीक्षण गर्न लागिएको छ,' उनले भने, 'यसबाहेक नियमितरूपमा रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काम भइरहेको छ।'

प्रदेशमा अहिलेसम्म खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्याका झण्डै २२ लाखको ८० प्रतिशतले पूर्ण खोप पाइसकेकोमा झण्डै पाँचदेखि छ लाख जनसङ्ख्याले अझै खोप लगाउन बाँकी रहेको जनाइएको छ। कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोपको पहिलो मात्रा लगाइसकिएको छ भने दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ। नेपाल–भारत बीचको खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

यसैबीच स्वास्थ्य निर्देशनालय दीपायलले गएको २४ घण्टामा प्रदेशमा कोरोनाको शंका लागेका एक हजार एक सय सात व्यक्तिको स्वास्थ्यको नमूना परीक्षण गरिएकोमा ९४ मा कोरोनाको सङ्क्रमण भएको जनाएको छ।प्रदेशमा सक्रिय बिरामी पनि दिनदिनै बढ्दै गएका छन्। आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ६० हजार ६०५ सङ्क्रमित पुगेका छन् ।

सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन्। सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो।  सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्यको नमूना परीक्षण गर्ने व्यवस्था गरिएको बताए। 

जटिल अवस्थाको सङ्क्रमित बिरामीलाई अस्पतालसम्म पुर्याउन गौरीफन्टा सीमा नाका र गड्डा चौकी सीमा नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिए। 

'नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेसनमा बस्न सल्लाह दिने गरिएको छ,' उनले भने, 'जटिल अवस्था भएको सङ्क्रमितलाई सोझै अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिएको छ।' गत फागुन १६ गते यता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु दर शून्यमा झरेकोमा केही दिनअघि सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको थियो।फागुनदेखि कम हुँदै गएको सङ्क्रमण दर पनि पछिल्ला दिनमा बढ्न थालेको छ।

प्रकाशित: Aug 11, 2022| 06:00 बिहीबार, साउन २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।