काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद महेश बस्नेतले यस्तो माग गरेका हन्।
उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी काम गरेको आरोप लगाए। ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्मबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक माग गर्न चाहन्छु,' सांसद बस्नेतले भने।
देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्री राहत तथा पुनर्स्थापना गर्ने सम्बन्धमा उदासीन भएको उनको आरोप थियो।