आइतबार, साउन २४, २०८३

गठबन्धनले अस्तव्यस्त बनाउँछ, चुनाव एक्लै लडौं : सिर्जना सिंह

आउँदो चुनावमा आ–आफ्ना पार्टी, आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने र बहुमत नआए गठबन्धन गर्दा जाती हुने सिंहको तर्क।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा पराजित प्रकाशमान सिंहपत्नी सिर्जना सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीलाई गठबन्धन नगरी चुनावमा जान सुझाएकी छन्।

सिंहले  ट्वीटरमा सुझाव दिँदै लेखेकी छन्, ‘आउँदै गरेको संसदीय चुनावमा आ–आफ्नो पार्टी, आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाऔं। बरु बहुमत नआए गठबन्धन गर्दा हुन्छ।’ 

सत्तामा रहेका पाँच दलले आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरी कार्यदल बनाएर चुनावी सिट बाँडफाँटका लागि प्रयास गरिरहेका छन्। सिर्जना आफैं स्थानीय चुनावमा माओवादीसँग चुनावी तालमेल गरेर उम्मेदवार भएकी थिइन्। 

उनले स्थानीय चुनावमा भोगेको अनुभव भन्दै गठबन्धनले अन्योल र अस्तव्यस्तबाहेक केही नगर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘स्थानीय चुनावमा देखे/भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्तबाहेक केही गर्दैन।’ बहुमत नआए चुनावपछि गठबन्धन गर्दा उपयुक्त हुने उनले सुझाएकी छन्।


प्रकाशित: Aug 10, 2022| 13:48 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...