आइतबार, साउन २४, २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे पदाधिकारी बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा साउन ३० र ३१ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने विषयको बारेमा छलफल हुने पौडेलले बताए। कांग्रेसले पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारीसमेत गरेको छ।

बैठकमा संघ तथा प्रदेशको सिट बाँडफाँटको विषयमा समेत छलफल हुनेछ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको छ। 

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ। कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन भएका छन्।

कार्यदलमा कांग्रेसबाट सिटौलासहित ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ।

प्रकाशित: Aug 10, 2022| 09:58 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...