आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग भेटवार्ता गर्दै

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिन भ्रमणका लागि चीन पुगेका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिन भ्रमणका लागि चीन पुगेका छन्। हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन पुगेका हुन्। 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन्। उनले आज चिनियाँ विदेशमन्त्री वाङलाई भेट्ने कार्यक्रम छ। 

चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा गएका हुन्।

परराष्ट्रमन्त्री नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डलका लागि चीनले चार्टर्ड विमानको व्यवस्था गरेको हो। 

मन्त्री खड्काको भ्रमण टोलीमा परराष्ट्रसचिव भरतराज पौड्याल, परराष्ट्रको उत्तर–पूर्वी महाशाखा हेर्ने अधिकारी पनि सहभागी छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल हुने बताइन्।

प्रकाशित: Aug 10, 2022| 09:24 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...