आइतबार, साउन २४, २०८३

प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गरिने

संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। 

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रकाशित: Aug 10, 2022| 07:04 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...