सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • युवा संघमा ४९१ सदस्यीय केन्द्रीय कमिटी, युथ फोर्स र साइबर सर्कल पनि

युवा संघमा ४९१ सदस्यीय केन्द्रीय कमिटी, युथ फोर्स र साइबर सर्कल पनि

नेकपा एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- नेकपा एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ।

National life

काठमाडौँमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए। उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी सापकोटा र सीता सुवेदी रहेका छन्। 

महासचिवमा क्षितिज थेवे, उपमहासचिवद्वयमा रमेश तिवारी र विजय डाँगी, सचिवमा विकास ज्ञवाली, बैजनाथ साह, विस्ना चन्द रहनुभएको छ । बैठकले कात्तिक १० गतेभित्र जिल्ला अधिवेशन, भदौ पहिलो हप्ताभित्र वडा तहको अधिवेशन र भदौ २१ गतेभित्र पालिका अधिवेशन गर्ने अध्यक्ष पौडेलले जानकारी दिए।

युवा संघले प्रत्येक कमिटीमा युथ फोर्स, साइबर सर्कल र निर्वाचन परिचालन कमिटी गठन गर्नसमेत निर्देशन दिएको छ। युवा संघले प्रत्येक कमिटी सर्वसम्मत चयन गर्न पनि निर्देशन दिएको उनले बताए।

प्रकाशित: Aug 09, 2022| 22:10 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...