सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले भने- राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुँदैन

प्रचण्डले भने- राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्‍वास व्यक्त गरेका छन्। जापानको पाँच दिने भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार त्यहाँ रहेका पत्रकारसँग कुरा गर्दै भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुहुन्‍न।’
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्‍वास व्यक्त गरेका छन्। जापानको पाँच दिने भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार त्यहाँ रहेका पत्रकारसँग कुरा गर्दै भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुहुन्‍न।’

National life

यदि फिर्ता गरे सरकारले फेरि पठाउने र त्यसबेला राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने दाबी गरे। ‘फिर्ता गर्नुहुन्‍न। गरिहाले सरकारले अगाडि बढाएपछि रोक्ने कुरा हुँदैन,’ प्रचण्डले भने, ‘त्यसले राम्रो हुँदैन फेरि जान्छ र हस्ताक्षर गर्नैपर्छ।’

नागरिकता विधेयकले लाखौं नेपालीलाई नागरिकता लिन सहज भएको प्रचण्डको भनाइ छ। जापानमा रहेका नेपाल पत्रकार महासंघका पदाधिकारीसँग कुरा गर्दै प्रचण्डले आगामी चुनावमा चितवन क्षेत्र नम्बर २ बाटै लड्ने बताए । 

उनले थपे, 'त्यो नागरिकता विधेयकले लाखौं नागरिकका जसका आमाबाबु नेपाली नागरिक छन्, तर उनीहरुका उमेर पुगेका छोराछोरीले नागरिकता प्राप्त नगर्दा धेरै सुविधाबाट बञ्चित हुनुपरेको स्थिति सम्बोधन गर्न नागकिता सम्बन्धी विधेयक अगाडि ल्याइएको हो। मुख्यरुपमा तराई मधेसका जनताका छोराछोरीको समस्या प्रबल रहेको छ।'

नागरिकता समस्या समाधान गर्न सरकारले गरेको पहललाई राष्ट्रपतिले फिर्ता नगर्ने उनको विश्‍वास छ। भने, 'त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिजीले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्‍नँ। उहाँले गर्नुपनि हुन्‍न। गरिनै हाल्नुभयो भने एक पटकलाई मात्र हुन्छ। सरकारले फेरि त्यसलाई अगाडि बढाइसकेपछि रोक्ने ठाउँ नै हुँदैन। हुन त हिजो आज त्यहाँ कसरी छलफल भइराखेको छ, सबै त मैले बुझ्न पाएको छैन, मेरो बुझाइमा राष्ट्रपतिजीले फिर्ता पनि पठाउनुहुन्‍न। फिर्ता गर्नुभयो भनेपनि त्यसले राम्रो हुँदैन। फेरि जान्छ र त्यसलाई हस्ताक्षर गर्नैपर्ने हुन्छ।'

Shivam cement

सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा नागरिकता विधेयक ऐन प्रमाणित गरी राष्ट्रपति समक्ष पठाएका छन्। तर, राष्ट्रपतिबाट अहिलेसम्म त्यसलाई प्रमाणीकरण गर्न बाँकी छ। पाँच दिने जापान भ्रमण सकेर प्रचण्ड बिहीबार नेपाल फर्किँदैछन्।

प्रकाशित: Aug 09, 2022| 21:49 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...