आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताएका थिए।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेन्डा मिल्ने दलसँग भने सहकार्य हुनसक्ने बताए। उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने दाबी गरे। कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने उनको जिकिर छ। 

‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो। त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्ने कुरा हो,' उनले भने, 'गठबन्धन हाम्रो प्राथमिकतामा होइन। गठबन्धन बाहिरका दलहरुसँग छलफल हुनसक्छ। तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन। हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ। कतिपय ठाउँमा सहकार्य हुनसक्छ। कमजोरले साथ खोज्ने हो। बलियोले एक्लै सामना गर्छ।’

सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताएका थिए। 

प्रकाशित: Aug 09, 2022| 16:18 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...