आइतबार, साउन २४, २०८३

संसदीय समितिमा सरुवा भए सांसद

हेरफेर हुनेमा रामकुमारी झाँक्री अर्थ, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन र विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन्।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिमा सांसदहरु हेरफेर भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन्। 

हेरफेर हुनेमा रामकुमारी झाँक्री अर्थ समिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन्।  

यसअघि पूर्वमन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो। सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ।

प्रकाशित: Aug 09, 2022| 14:09 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...