सोमबार, जेठ २५, २०८३

निर्वाचन आयोगमा १० औं नम्बरमा दर्ता भयो एमाले

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल दर्ता गराएको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल दर्ता गराएको छ।

National life

एमालेले दल दर्ता गराएसँगै निर्वाचन आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो। दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी, तेस्रो नम्बरमा नेपाल समावेशी पार्टी, चौथो नम्बरमा हाम्रो नेपाली पार्टी, पाँचौं नम्बरमा पुनर्जागरण पार्टी नेपाल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी क्रमशः जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन्।

प्रकाशित: Aug 09, 2022| 13:42 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...