सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • झलनाथले भेटे प्रधानमन्त्री, गठबन्धनमा समान ढंगले सिट बाँडफाँटको बुटी खोज्न सुझाव

झलनाथले भेटे प्रधानमन्त्री, गठबन्धनमा समान ढंगले सिट बाँडफाँटको बुटी खोज्न सुझाव

गठबन्धनमा सहभागी सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्नुपर्ने अन्यथा सहयात्रा टुंगिने नेता खनालको चेतावनी।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय चुनावमा गठबन्धन गरेरै जाने हो भने सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

National life

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको सम्बन्धमा जानकारी गराउन बालुवाटार पुगेका खनालले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने उनको जिकिर छ। गठबन्धनमा रहेका प्रत्येक पार्टीको आ–आफ्नो हैसियत भएकाले २०७४ को चुनाव र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आगामी प्रदेशसभा र संघीय निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको नेता खनालले बताए।

उनले गठबन्धनमा सहभागी दललाई अपमान गरे तालमेल नहुने भन्दै सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले वाम एकताका लागि सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले पहल नगरेकाले तत्काल कुनै पनि बृहत् वाम एकताको सम्भावना नरहेको दाबी गरे।

नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण महत्त्वपूर्ण भ्रमण रहेको बताए। चीन भ्रमणका बेला परराष्ट्रमन्त्री खड्काले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्यालगायत अन्य सहमतिबारे कुरा उठाउनुपर्ने नेता खनालको सुझाव छ। 

Shivam cement

बेलाबेला नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्ने विश्वास उनको छ।

भारतले अहिलेसम्म नेपालबाट जाने चियाका लागि कर लगाएको छैन। भारतबाट प्राप्त सुविधा कटौती गर्ने हिसाबले भारतको संसद्मा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको छ। त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न प्रधानमन्त्री देउवासँग अनुरोध गरेको उनले जानकारी दिए। प्रधानमन्त्रीले यसबारे गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिएको नेता खनालको भनाइ छ।

प्रकाशित: Aug 09, 2022| 12:47 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...