सोमबार, जेठ २५, २०८३

यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका

आगामी मंसिर ४ गते आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका तयार गरेको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९
National life
Shivam cement

काठमाडौं- आगामी मंसिर ४ गते आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका तयार गरेको छ।

स्वीकृत कार्यतालिकाअनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ। उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने र २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका छ।

असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने र २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ। प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा तथा ३३० प्रदेशसभा सदस्य पदका लागि ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन्।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ।

मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ र ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ। निर्वाचनका लागि दल दर्ता खुलिसकेको छ र यही साउन ३१ गतेसम्ममा दल दर्ता गरिसक्नु पर्नेछ।

प्रकाशित: Aug 09, 2022| 07:26 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...