शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा सडक विस्तारलाई तीव्रता दिने निर्माण कम्पनीको प्रतिबद्धता, अनुगमनका लागि विशेष समिति गठन

बुटवलमा सडक विस्तारलाई तीव्रता दिने निर्माण कम्पनीको प्रतिबद्धता, अनुगमनका लागि विशेष समिति गठन

बुटवलमा लामो समयदेखि अलपत्र ६ लेन सडक विस्तारको निर्माणलाई तीव्रता दिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ। बुटवल उपमहानगरपालिकाको सहजीकरणमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा निर्माण कम्पनी कञ्‍चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।
 |  सोमबार, साउन २३, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, साउन २३, २०७९

बुटवल- बुटवलमा लामो समयदेखि अलपत्र ६ लेन सडक विस्तारको निर्माणलाई तीव्रता दिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ। बुटवल उपमहानगरपालिकाको सहजीकरणमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा निर्माण कम्पनी कञ्‍चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

triton college

लामोसमयसम्म सडक निर्माण नगरेपछि बिरुवा जेभीलाई कालोसूचीमा राख्न माग गरिएको थियो। तर, उपमहानगरले निर्माण कम्पनीलाई जनप्रतिनिधि, विभिन्न सरोकारवाला क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा निर्माण कार्य तत्काल गराउने प्रतिबद्धता गराएको हो। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल क्षेत्रका कार्यालय प्रमुखहरु, उद्योगी व्यवसायी, नागरिक समाजसहितको उपस्थितिमा भएको कार्यक्रममा निर्माण कम्पनीले यस्तो प्रतिबद्धता जनाएको थियो।

निर्माणलाई तिव्रता दिनका लागि र सडक पूरा गराउनका लागि विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ। बुटवलतर्फको लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र सिद्धार्थनगरतर्फको लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिति बनाइएको हो । 

समितिमा विद्युत प्राधिकरण र खानेपानी संस्थानका बुटवल र सिद्धार्थनगरका कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, निर्माण कम्पनी कञ्‍चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन र बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख सदस्य सचिव रहेका छन्।

corrent noodles
Metro Mart

समितिले प्रत्येक हप्ता बैठक बसेर कार्यप्रगतिबारे समीक्षा गर्ने र समन्वय र सहकार्य गर्नुपर्ने कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि पहल गर्ने निर्णय भएको छ। यसअघि आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका कार्यालयहरुबीच समन्वय र सहकार्य आवश्यक रहेकाले जनताको भावनाअनुसार काम गर्न आग्रह गरे। उनले निर्माण कम्पनीले गरेको प्रतिबद्धताअनुसार काम गराउन निर्माण आयोजनाले ताकेता गर्नुपर्ने बताए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तरसरकारी कार्यालयबीच समन्वय र सहकार्य भएमा सडक निर्माणको काम तीब्र हुने विश्वास व्यक्त गरे। कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकारी काममा आलटाल नगर्न र सबै सरकारी आयोजनाहरुलाई सहयोग गर्न आग्रह गरे। 

कार्यक्रममा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, भन्सार कार्यालय भैरहवाका प्रमुख ज्ञानेन्द्र ढकाल, नेपाल टेलिकमका भगवानलाल कलवारले सडक विस्तारको कामलाई चुस्त बनाउन समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।


प्रकाशित: Aug 08, 2022| 21:08 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।