आइतबार, साउन २४, २०८३

पशुपति दर्शनमा पुगिन् राष्ट्रपति भण्डारी

पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी थिइन्। राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबार साँझ पशुपतिनाथको दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन्। मूल मन्दिरभित्र राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। 

पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी थिइन्। राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छन्।

साउनको चौथो सोमबार आज विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। आज बेलुकीसम्म पनि भक्तजनको भीड रहेको छ। बेलुकी पानी परेकाले भक्तजनलाई केही बाधा पुगेको थियो।

पशुपतिनाथमा आज १६० जनाले विशेष पूजा गरेका छन्। साउनको सोमबार रु सात हजार ५०० को विशेष पूजाको रसिद काट्ने गरिएको छ।

प्रकाशित: Aug 08, 2022| 20:18 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...