सोमबार, जेठ २५, २०८३

निर्वाचन सुरक्षाका लागि एआईजी थापाको कमाण्डमा सेल गठन

संघ र प्रदेश निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले आफ्नो तयारी थालेको छ। नेपाल प्रहरीले निर्वाचनको सुरक्षा योजना तयार गर्नका लागि कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको कमाण्डमा निर्वाचन सेल गठन गरिएको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- संघ र प्रदेश निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले आफ्नो तयारी थालेको छ। नेपाल प्रहरीले निर्वाचनको सुरक्षा योजना तयार गर्नका लागि कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको कमाण्डमा निर्वाचन सेल गठन गरिएको हो। 

National life

यसअघि स्थानीय तहको निर्वाचनमा पनि थापाकै नेतृत्वमा चुनावी सुरक्षा योजना बनेको थियो। चुनावी सेलमा कार्य विभागकै डीआईजी वसन्त कुँवर लगायत सदस्य छन्। थापा नेतृत्वको टिमले अब निर्वाचन आयोगसँग समन्वय गरेर मतदान केन्द्रको सुरक्षा योजना तयार गर्ने बताइएको छ। 

एआईजी थाप नेतृत्वको टोलीले देशभरका मतदान केन्द्रका लागि प्रहरी परिचालनको व्यवस्थापन, आवश्यक गाडी घोडा र निर्वाचन सुरक्षाका लागि आवश्यक सामाग्री, हातहतियारलगायत आवश्यक व्यवस्थापनको योजना तयार गर्ने जिम्मेवारी पाएको छ। 

यही सेलले नेपाली सेनासँग र सशस्त्र प्रहरीसँग पनि समन्वय गर्नेछ। केन्द्रीय सेलले चुनावका लागि आवश्यक म्यादी प्रहरीको विषयमा पनि टुंगो लगाइने छ। यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरिएको थियो। आगामी निर्वाचनमा त्यो भन्दा बढी म्यादी भर्ना गर्ने सरकारको तयारी छ। सरकारले संघ र प्रदेश निर्वाचन मंसिर ४ गते एकै चरणमा देशभर गर्ने योजना बनाएको छ। 

प्रकाशित: Aug 08, 2022| 20:19 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...