शनिबार, चैत १४, २०८२

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–एसिया कप छनोटको तयारीमा श्रीलंका भ्रमणमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १७६ रनले हराएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर तीस सय २३ रन बनाएको थियो । तीन सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन मात्र बनाउन सकेको थियो । तर, ब्याड लाइटिङका कारण खेल रद्ध भएपछि नेपालले डिएल पद्दतिको आधारमा १७६ रनले जित हाल पारेको  हो । 

नेपालका लागि सागर पनुनले तीन, ललित भण्डारीले दुई तथा कप्तान पारस खड्का र ललित राजवंशीले समान एक एक विकेट लिए । 

त्यष्सअघि नेपालको उच्च योगफलमा दिपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । दिपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए । त्यसबाहेक नेपालका कप्तान पारस खड्काले २३ बलमा २३ रन बनाए भने करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए । 

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग आइतबार उसैको मैदानमा खेल्ने छ । यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो ।  तीन अभ्यास खेलपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।