आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला, १६५ क्षेत्रमै साझा उम्मेदवार बनाइने

गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा सिटौला, १६५ क्षेत्रमै साझा उम्मेदवार बनाइने

कार्यदलको सोमबार दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गर्दै सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आ-आफ्ना दाबी पेस गर्ने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- संघ र प्रदेश निर्वाचनको लागि सत्ता गठबन्धनकले बनाएको कार्यदलको पहिलो बैठकबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ। कार्यदलको सोमबार दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गर्दै सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आ-आफ्ना दाबी पेस गर्ने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सोमबारको बैठकले कार्यदलको संयोजक तोक्ने काम गरेको छ भने सिट बाँडफाँटको मोडालिटी केलाई बनाउने भन्‍ने विषयमा छलफल भएको हो। उनले भने, ‘कुन विधिमा जाने र कसरी जाने भन्नेबारे केही सुझाव प्राप्त भएका छन्। त्यहीअनुसार जान्छौँ।’

बैठकमा स्थानीय तहमा जस्तो नगरी देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ गठबन्धनअनुसार नै जाने सहमति भएको पनि बताइएको छ। 'स्थानीय तह निर्वाचनमा जस्तो नगरी यसपालिको गठबन्धन सबैतिर एकसाथ गर्ने समझदारी बनेको छ,' उनले भने, ‘सिट संख्याका विषयमा पार्टीभित्र छलफल गरेर अर्को बैठक २६ गते ४ बजे बस्‍ने र त्यहीँ पेस गर्ने भन्ने भएको छ।’ 

बैठकमा सहभागी अर्का एक नेताका अनुसार गठबन्धनका पाँचै दल सिटसंख्याको विषयमा लचक हुने समझदारी बनेको छ। 

सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकअघि बसेको कांग्रेसका शीर्ष नेताहरुले बैठकमा कार्यदलको बैठकमा पार्टीले लिने नीतिका बारेमा सरसल्लाह भएको बताइएको छ।

गठबन्धनका शीर्ष नेताहरुको साउन २० गते बसेको बैठकले ११ सदस्यी कार्यदल बनाएको थियो। जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन्। नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्। उनीहरुलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ। 

 सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ। कार्यदलले प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटको बाँडफाँट गर्नेछ। 


प्रकाशित: Aug 08, 2022| 18:53 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...