सोमबार, जेठ २५, २०८३

रौतहटमा माधव नेपालले सिन्को नभाँचेको ओली दाबी

गृहनगर रौतहटबाट पटक–पटक चुनाव जितेर प्रधानमन्त्री हुँदासम्म नेता नेपालले जिल्लाको विकासमा ध्यान नदिएको ओलीको तर्क।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९
National life
Shivam cement

रौतहट– नेकपा एमाले अध्यक्ष केपी ओलीले गृहजिल्ला भए पनि माधव नेपालले रौतहटको विकासका लागि सिन्कोसमेत नभाँचेको बताएका छन्। नेता नेपालले पटक–पटक चुनाव जितेर प्रधानमन्त्रीसमेत बनाएको गृहजिल्ला रौतहटलाई बेवास्ता गरेको उनले बताएका हुन्। 

रौतहटको गौरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरूले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखायो। तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन्।’

रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा प्रभु साह, रघुवीर महासेठले धेरै काम गरेको र योजना ल्याएको उनले दाबी गरे। ‘म प्रधानमन्त्री हुँदा तराईका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरें,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुस् कि रेलमार्ग। धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन्।’ तराई मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नुपर्ने ओलीले सुनाए।

प्रकाशित: Aug 08, 2022| 17:49 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...