सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधवको गृहजिल्ला पुगेका ओलीले भने– प्रधानमन्त्री हुँदा नेपालले सिन्को पनि भाँचेनन्

माधवको गृहजिल्ला पुगेका ओलीले भने– प्रधानमन्त्री हुँदा नेपालले सिन्को पनि भाँचेनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले प्रधानमन्त्री हुँदा सिन्को पनि नभाँचेको टिप्पणी गरेका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले प्रधानमन्त्री हुँदा सिन्को पनि नभाँचेको टिप्पणी गरेका छन्। 

सोमबार नेपालको गृहजिल्ला रौतहटमा आयोजित कार्यक्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन्। रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप ओलीको छ।

रौतहट सदरमुकाम गौरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा नै छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो। तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन्।’

प्रभु साह, रघुवीर महासेठले भने रौतहटमा मात्र नभई तराई–मधेश क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनले बताए। ओलीले भने,  ‘म प्रधानमन्त्री हुँदा तराईको मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ। हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन्।’

उनले तराई मधेशको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले नै अबको चुनाव जित्नुपर्ने जिकिर गरे।

तराई मधेशमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको उनले बताए। आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै ओलीले थपे, ‘गौरको डुबानको समस्या मैले देखेको छु। यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु। दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ।’

सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको छ। ओलीले भने, ‘कैलालीमा डुबान छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ। त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ।’

प्रकाशित: Aug 08, 2022| 17:44 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...