बिहीबार, असार ३२, २०८३

एसियाडमा नेपाली पुरुष भलिबल टोलीको यात्रा समाप्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स (एसियाड) मा नेपाली पुरुष भलिबल टोलीको यात्रा समाप्त भएको छ । नेपाली पुरुष भलिबल टोली समूह चरणबाट बाहिरिदै एसियाडमा आफ्नो यात्रा समाप्त गरेको हो ।

गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो । 

नेपाल समूह चरणको आफ्नो अन्तिम खेलमा कोरियासँग ३-० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५-१६ ले गुमाएको थियो । 

दोस्रो सेट २५-१३ ले गुमाएको नेपाल तेस्रो सेटमा  २५-१४ ले गुमाउन पुगेको थियो । नेपाल पहिलो खेलमा चाइनिज ताइपेईसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।