सोमबार, जेठ २५, २०८३

कांग्रेसले २२ दिन केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अभियान भदौ २ गतेबाट थाल्ने भएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अभियान भदौ २ गतेबाट थाल्ने भएको छ। महामन्त्री गगनकुमार थापाका अनुसार कांग्रेसले भदौ २ गते देखि २४ गतेसम्म केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा खटाउने भएको हो।  

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने थापाको भनाइ छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा गरेको कार्यक्रलाई सम्बोधन गर्दै थापाले भने, ‘भदौ  २२ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा।’ 

यस्तै  निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौं बलाउने थापाले जानकारी दिए। ‘हामीले ३० र ३१ गते देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौँ।’


प्रकाशित: Aug 08, 2022| 14:50 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...