सोमबार, जेठ २५, २०८३

‘सायरा’बाट आर्यनले खस्किएको करियरलाई छलाङ लाउन सक्लान्

पछिल्लो समय कुनै पनि हिट फिल्म दिन नसकेका आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- पछिल्लो समय कुनै पनि हिट फिल्म दिन नसकेका आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्।

National life

कुनै बेला चकलेटी हिरोको रूपमा परिचित आर्यनले आइतबार निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालिसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन्। रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन्। 

आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ। बलिउडमा संघर्ष गरिरहेका एक भारतीय निर्देशकले निर्देशन गर्ने बताइए पनि सायराको निर्देशकको नाम खुलाइएको छैन।

फिल्म छान्न नजानेर हो या अभिनयमा नयाँपन ल्याउन नसकेर आर्यन अभिनीत चलचित्रले दर्शकमा मन जित्न सकेको छैन। सन् २०२० मा प्रदर्शनमा आएका दुई चलचित्र फ्लप भएपछि केही नयाँ फिल्ममा अनुबन्धित भएका थिए आर्यन। तर,  विविध कारणले सिनेमाको छायांकन नै रोकिएपछि फुर्सदिला बनेका थिए उनी। 

म्युजिक भिडियो तथा टेलिश्रृंखलामा आफ्नो अभिनय यात्रा थालेका अभिनेता आर्यनले फिल्मी करियर उकालो लागेपछि म्युजिक भिडियोसँग नाता नै तोडेका थिए। अहिले फेरि म्युजिक भिडियोसँग नाता जोडेका छन्। आर्यनको अहिलेको म्युजिक भिडियो अभिनय यात्रा रहर नभएर बाध्यता भएको चर्चासमेत गरे कतिले। 

Shivam cement

हुन त चलचित्रमा काम गर्दै आएका अभिनेता तथा अभिनेत्रीहरू म्युजिक भिडियोमा पनि सक्रिय छन्। पैसा पनि कमाइरहेका छन्। तर, आर्यनले फिल्मी करियर ओरालो लागेपछि म्युजिक भिडियोतिर नै फर्किएको फिल्मवृत्तमा चर्चा छ। 

एकपछि अर्को फ्लप फिल्म दिएका आर्यनलाई सायराबाट आशा छ। सायरा जस्तै नाम सुनिने ‘कायरा’ फिल्म लकडाउन अगाडि प्रदर्शनमा आएको थियो। कायराले बक्स अफिसमा खासै कमाल गर्न सकेन। 

कायरा र सायरा उस्तै उस्तै रिदम भएको नाम भए पनि ‘सायरा’बाट आर्यनले खस्किएको करियरलाई छलाङ लाउन सक्लान त? यो भने फिल्म सार्वजनिक भएपछि नै थाहा हुनेछ।

प्रकाशित: Aug 08, 2022| 13:31 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।