बिहीबार, असार ३२, २०८३

नेपाली फुटबल टोलीमा पहिलोपटक ‘जीपीएस’ प्रणाली प्रयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक प्रशिक्षणमा ‘जीपीएस’ प्रणाली प्रयोग गरेको छ । सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले शुक्रबार ‘जीपीएस’ प्रणाली प्रयोग गरेर प्रशिक्षण गरेको हो । 

पहिलोपटक नेपालमा भित्रिएको यो प्रविधिले साफको लागि मात्र हैन नेपाली फुटबलको विकासमा सघाउ पुग्ने छ । टोलीमा एथलेटिक ट्रेनर तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक उपकरणहरु प्रयोग गर्दै आएको छ । 

अधिकारीले नेपाली टोलीको फिटनेस सुधार्न एसियाली खेलकुद अघि विशेष प्रशिक्षण पनि दिएका थिए । उनले खेलाडीको फिटनेस सुधार्न र चोटबाट बच्न यो जीपीएस प्रणालीले सहयोग पुग्ने बताए ।

थाइल्याण्डमा १० दिने प्रशिक्षण र एसियन गेम्सपछि नेपाली टोलीले बिहिबारबाट अभ्यास सुरु गरेको छ । साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा सेप्टेम्बर ४ बाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले ४ सेप्टेम्वरमा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । 

६ सेप्टेम्वरमा भुटान र ८ सेप्टेम्वरमा आयोजक बंगलादेशको सामना गर्नेछ ।सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल अहिलेसम्म साफ च्याम्पियसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।