शनिबार, साउन १६, २०८३

म्याग्दीका कृषकलाई दुई करोड अनुदान

पशु सेवा केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख अनुदान पाएका हुन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

म्याग्दी- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करिब दुई करोड अनुदान वितरण गरेको छ। केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले एक करोड ७९ लाख अनुदान पाएका हुन्।

केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए। ‘प्रदेश र संघीय सरकारबाट चार करोड पाँच लाख ८० हजार बजेट विनियोजन भएको थियो’, उनले भने ‘तीन करोड ५९ लाख ३६ हजार ३९२ खर्च भएको छ।’

बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र  कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरिदका लागि ३४ लाख एक हजार अनुदान उपलब्ध गराइएको छ। 

५२ लाख ५० हजार बजेट बिनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० मध्ये ३८ फार्मले ४९ लाख ८७ हजार ५०० अनुदान पाएका छन्। आठ लाख बजेट विनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले चार लाख २४ हजार तीन सय ५९ अनुदान पाएका छन्। 

बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि १० लाख अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश

१८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आवद्ध एक सय कृषकले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले १५ लाख ९० हजार अनुदान पाएका छन्। त्यस्तै, ३१ कृषकलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा १० लाख अनुदान उपलब्ध गराइएको छ। 

 २१ लख बजेट विनियोजन भएको पशुपंक्षी बीमा कार्यक्रम मार्फत २८ हजार दुई सय ३४ पशुपंक्षीको बीमा गरेबापत एकसय १० कृषकले १७ लाख ७९ हजार अनुदान पाएका छन्। आठ लाख बजेट विनियोजन भएको भैसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५  कृषकले ‘काउम्याट’ खरिद गर्न सात लाख अनुदान लगेका छन्। अन्नपूर्ण गाउँपालिकाका २३ कृषकले बाख्रा पकेट कार्यक्रमबाट आठ लाख अनुदान पाएका छन्। अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतीमा बरुवाल भेडापालक १३/१३ कृषकलाई पाँच/पाँच लाख अनुदान उपलब्ध गराइएको छ। 

रिजालले बताए। कृत्रिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बाच्चा हुर्काए वापत आठ कृषकले दुई लाख ४० हजार अनुदान पाएका छन्। अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैँसीको र धवलागिरि गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न  पाँच/पाँच लाख अनुदान दिइएको केन्द्रले जनाएको छ।

अन्नपूर्णको घार, रघुगंगाको चिमखोला, मालिकाको अदिभारा र धवलागिरिको मल्कवाङमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको केन्द्रले पशुमा पूर्ण खोप कार्यक्रम मार्फत बेनी नगरपालिका र मंगला गाउँपालिकामा ३१ प्राविधिक परिचालन गरेर १२ हजार तीनसय ३४ घरधुरी कृषकका ४८ हजार नौ सय ८५ पशुलाई खोरेत, चरचरे, पीपीआर र रेबिज रोग विरुद्धको खोप लगाएको छ। 

प्रकाशित: Aug 08, 2022| 13:18 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।