आइतबार, जेठ ३, २०८३

श्रीमान्-श्रीमतीसहित चार लागूऔषध कारोबारी पक्राउ

लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

सुनसरी- लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा इटहरी उपमहनगरपालिका-४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहीद भूमी गाँउपालिका-५ का ३४ वर्षीय विर्तसिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन्।

गत २० गते बेलुका इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भइरहेको सूचनाको आधारमा इटहरी-६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम, ७ हजार नगदसहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो।

उनीहरूबाट विर्तसिंह राई र उनकी श्रीमती पवित्रा राईबाट ब्राउन सुगर खरिद गरिएको भन्ने कुरा सूचनाका आधारमा प्रहरीले विर्तसिंहलाई इटहरी उपमहानगरपालिका-५ मा फेला पारी शरीर तलासी लिँदा ब्राउन सुगर ६ ग्राम ७६० मिलिग्राम फेला परेको हो। थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी गर्दा करुवा भित्र लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ। लागूऔषध कारोबारमा संलग्न रहेका चारै जनामाथि इलाका प्रहरी कार्यालय इटहरीबाट सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

प्रकाशित: Aug 08, 2022| 12:20 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।