आइतबार, जेठ ३, २०८३

हेटौंडामा एकापसमा ठोक्किए पाँच गाडी, १५ जना घाइते

दुर्घटनामा विद्यार्थीहरूसहित १५ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- हेटौंडामा सोमबार स्कुल बससहित पाँच सवारीसाधन एकापसमा ठोक्किएका छन्। 

National life

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेमा बिहान ९ बजेतिर गाडीहरू एकापसमा ठोक्किएका हुन्। 

दुर्घटनामा विद्यार्थीहरूसहित १५ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। 

यतिबेला दुर्घटनाग्रस्त गाडीलाई हटाएर सवारी आवतजावत खुलाइएको प्रहरीको भनाइ छ। 

मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार बाराबाट हेटौंडातर्फ आउँदै गरेको रिलायन्स स्कुलको बस (ना १ क ५१२३)लाई पछाडिबाट आएको ट्रक (ना ५ ख ६२५४)ले ठक्कर दिएको थियो।

त्यसपछि विपरीत दिशाबाट आएको ट्यांकर (लु १ त ४३७०)लाई ट्रकले ठक्कर दियो। ट्यांकर अनियन्त्रित भएर कार (बा ७ च ९६०४)लाई ठक्कर दिएको थियो। फेरि ट्रकले रोकिराखेको क्लिंकर बोकेको लरीलाई पनि ठक्कर दिएको थियो।

ठूलो दुर्घटना भए पनि ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 08, 2022| 12:07 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।