काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। तयारी पूरा नभएको बैठक स्थगित गरिएको पार्टीका नेता मनिष मिश्रले जानकारी दिए।
चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको उनले बताए।
चुनावी गठबन्धनका लागि दलहरूसँग अझै केही छलफल गर्ने, एउटा निष्कर्षमा पुगेपछि बैठकमा त्यसलाई एजेण्डाको रुपमा राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको मिश्रले जानकारी दिए।
लोसपाले चुनावी गठबन्धनका लागि कांग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ।
तर कुन दलसँग गठबन्धन गर्ने भन्नेबारे अहिलेसम्म टुङ्गो लागेको छैन। यद्यपि लोसपा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ।