आइतबार, जेठ ३, २०८३

कांग्रेस शीर्ष नेतासँग छलफल गर्दै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन्।

National life

देउवाले आसन्न निर्वाचनमा कांग्रेसको सिट संख्याका विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरूलाई बोलाएको बताइएको छ। पार्टीभित्र आन्तरिक छलफल गरेर सोहीअनुसार अरू बैठकमा प्रस्तुत हुने देउवाको तयारी रहेको कांग्रेस स्रोतले बताएको छ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच आउँदो निर्वाचनमा पनि तालमेल गर्ने सहमति भइसकेको छ। उनीहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ।

बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आह्वान गरिएको छ।

प्रकाशित: Aug 08, 2022| 09:15 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।